६० दिनमा १३७ करोडले बढ्यो सेयर धितो कर्जा, बियरिस बजारको फाइदा उठाउने रणनिति !


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
६० दिनमा १३७ करोडले बढ्यो सेयर धितो कर्जा, बियरिस बजारको फाइदा उठाउने रणनिति !

काठमाडौँ । पछिल्लो समय सेयर धितो कर्जा प्रवाहमा वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा सेयर धितो कर्जा १ अर्ब ३७ करोड रुपैयाँले बढेको हो । 

गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल ७६ अर्ब ३० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । तर, चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा सेयर धितो कर्जामा १.८ प्रतिशत वृद्धि भएर ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । 

राष्ट्र बैंकको कसिलो नीति र मन्दीका कारण खुम्चिएको सेयर धितो कर्जा बढ्नुमा नियामकीय लचकता प्रमुख कारण रहेको जानकारहरु बताउँछन् । यसो त यसअघि राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर धितो कर्जा घटेको थियो । तर, साउनदेखि भने सेयर धितो कर्जा पुनः बढ्न थालेको छ ।

Read More
  • EBL Ad news