आईपीओ निष्काशन गर्ने अनुमति माग्दै दुई कम्पनी पुगे धितोपत्र बोर्ड


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ निष्काशन गर्ने अनुमति माग्दै दुई कम्पनी पुगे धितोपत्र बोर्ड

आईपीओ निष्काशन गर्ने अनुमति माग्दै दुई कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेका छन्। सोलु हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बार्डमा आवेदन दिएका हुन्।

सोलु हाइड्रोपावर लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

त्यसैगरी, टक्सार पिखुवा खोलाले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Read More
  • EBL Ad news