अन्तिम प्रहरमा बढेर बन्द भयो नेप्से, अब कहिले होला ट्रेन्ड परिवर्तन ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अन्तिम प्रहरमा बढेर बन्द भयो नेप्से, अब कहिले होला ट्रेन्ड परिवर्तन ?

काठमाडौं : सेयर बजार सोमबार झिनो सुधार भएको छ । अन्तिम प्रहरमा आएर नेप्से सूचकमा सामान्य वृद्धि देखिएको हो । यस दिन नेप्से सूचक ३.०४ विन्दुले बढेर  १८७८.७० अंकमा आएको छ । सूचक हरियो बने पनि कारोबार रकम भने सुस्त नै देखिएको छ । करिब ६९ करोड ४२ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यस दिन १३ मध्ये १० वटा समूह हरियो बनेको छ ।  

 दसैंपछि आइतबारदेखि सेयर बजार खुला भएको हो । विदापछि खुलेको पहिलो दिनमै बजार घटेको थियो । तर सोमबार कारोबारको अधिकांश समय घटेको नेप्से बन्द हुने बेलामा भने हरियो बन्न सफल भएको हो । 

Read More
  • EBL Ad news