डिसहोम सेवा प्रदान गरिरहेको डिस मिडिया नेटवर्कले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २० गते विशेष साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले विशेष साधारणसभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ । कम्पनीले लामो समयदेखि आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । अब भने कम्पनीले हकप्रद मार्फत पुँजी बढाएर मात्र आईपीओ निष्काशन गर्ने भएको छ ।





