काठमाडौं : माथिल्लो मैलुङ खोलाको आइपीओ शुक्रबार (कात्तिक ३ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख २८ हजार ४२० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल ११ लाख ९० हजार २९६ जनाले आवेदन दिएकामा ११ लाख ८५ हजार ६४२ जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।





