माथिल्लो मैलुङ खोलाको आइपीओ भोलि बिहान बाँडफाँट हुँदै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माथिल्लो मैलुङ खोलाको आइपीओ भोलि बिहान बाँडफाँट हुँदै

काठमाडौं : माथिल्लो मैलुङ खोलाको आइपीओ शुक्रबार (कात्तिक ३ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार बिहान ९.३० बजे आफ्नै कार्यालय, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, माथिल्लो मैलुङको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ । किनभने यसमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ । 

यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ४९ हजार १०७ जनाले कुल १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २८ हजार ४२० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख २० हजार ६८७ जनाको भने हात खाली हुनेछ ।

Read More
  • EBL Ad news