काठमाडौँ — बिहीबार सेयर बजारको परिसुचक ४ अंकले घटेको छ । नेप्से १९०३.८४ अंकमा सिमित भएको छ । दिनभर ९७ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
दिनभर कुल ८० वटा कम्पनीको मूल्य बढ्दा १५० वटा घट्यो । ६ वटा कम्पनीको कारोबार स्थिर रह्यो । सबै उपसमूहको सूचक घट्दा बैकिङ, लगानी, म्युचअल फण्ड र अन्य सुचक बढेको छ । बैकिङ १.२० अकंले बढ्यो ।
उपसमुह निर्जिवन जिवन बिमा ४२.३२ अंक, जिवन बिमा ३४.९५, हाइड्रोपावर १९.५०, होटल तथा पर्यटन १५.९९, फाइनान्स १५.१४ र विकास बैंक ९.२६ अंकले घट्यो । काराेबार रकमकाे आधारमा नबिल बैंक र प्रभु बैककाे संस्थापक सेयर अगाडि रह्याे । दिनभर ३७ लाख ६६ हजार १५३ कित्ता सेयर काराेबार भयाे । बजारको पूँजीकरण २९ खर्ब २१ अर्ब कायम भएको छ ।





