काठमाडौं : सोलु र टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति मागेका छन् । सोलुले २ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो । अनुमति पाएपछि यस कम्पनीले २ करोड कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।






