काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यो शेयर कात्तिक १२ गते देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण बैदेशिक रोजगारीमा रहेका नेपाली सामुहिक लगानी कोष र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल १ करोड २३ लाख २ सय कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड ८४ लाख ५० हजार ३ सय कित्ता गरेर कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।






