आज पनि नेप्सेमा हरियाली, २२३ कम्पनीको शेयर मुल्य बढ्दा काराेबार कति ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज पनि नेप्सेमा हरियाली, २२३ कम्पनीको शेयर मुल्य बढ्दा काराेबार कति ?

काठमाडौं । आज बुधबार पनि नेप्सेमा हरियाली छाएको छ । हिजाे बढेकाे नेप्सेमा आज पनि भारी अंकले सुधार आएको हाे ।

बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ४८ लाख ९४ हजारको कारोबार भएको छ ।

आज २२३ कम्पनीको शेयर मुल्य बढेको छ भने १० कम्पनीको शेयर मुल्य घटेको छ । आज १३ वटै उपसूचकमा पनि हरियाली छाएको छ ।

Read More
  • EBL Ad news