काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ कात्तिक ३ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आईपीओ आगामी शुक्रवार बाँडफाँट हुने जानकारी दिएको हो ।
कम्पनीको आईपीओ अन्तिम दिन सम्ममा १२ लाख ४९ हजार १०७ जना आवेदकले १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा १० दशमलव ८० गुणा बढी आवेदन हो । जसमध्ये १ लाख २८ हजार ४२० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।




.jpg)

