३० असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । २९ असोजमा धितोपत्र बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न स्वीकृति दिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।
पहिलो चरणमा योग्य संस्थागत लगानीकताई सार्वजनिक निष्काशन हुने येयरको ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट निष्काशन गर्न स्वीकृति दिएको उनले बताए ।






