दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन अनुपात बढाएको छ । कम्पनीले हकप्रद निष्काशन गर्ने अनुपात बढाएर अब २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले यस अघि असार १० गते १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । तर असोज २९ गते बसेको संचालक समितिको बैठकले असार १० को प्रस्ताव रद्द गरि अब १:२ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।





