काठमाडौं : चिरख्वा हाइड्रोपावरको आइपीओमा १ अर्ब ३१ करोड ९९ लाख २४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (असोज २६ गते) साँझ ५ः०७ बजेसम्ममा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा १५.३६ गुणा बढी आवेदन हो ।
चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।






