काठमाडौं । आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको प्रिमियम शुल्कमा अधिक मूल्य राखेर जारी गरेको घोराही सिमेन्टको धितोपत्र बजारमा कारोबारमा आएसँगै मूल्य घट्ने क्रम सुरु भएको छ ।
घोराही सिमेन्टको सेयर मूल्य आईपीओभन्दा सस्तियो
आईपीओमा स्थानीय बासिन्दाले पनि नपट्याएको घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओभन्दा पनि कम मूल्यमा कारोबार हुन थालेपछि सर्वसाधारणले ठगिएको आभास पुनः गर्न थालेका छन् ।
प्रिमियम मूल्यमा सर्वसाधारणलाई जारी गर्दा नै लुप होल प्रयोग गरी धितोपत्र बोर्डसम्मलाई छक्याउन सफल भएको घोराहीको मूल्य बिहीबार ४ सय ३० रुपैयाँसम्ममा झरेको थियो । ४ सय ३५ मूल्यमा आईपीओ जारी भएको घोराहीको मूल्य बिहीबार बजार बन्द हुँदासम्ममा ४ सय ३४ मा आएको छ । ४ सय ३९ रुपैयाँमा बिहान कारोबार भएको घोराहीको मूल्य ४ सय ३० सम्म घट्दै कारोबार बन्द हुँदासम्ममा ४ सय ३४ मा आएको हो ।






