काठमाडौं : चिरख्वा हाइड्रोपावरको आइपीओमा ९५ करोड ६८ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा बिहीबार (असोज २५ गते) साँझ ५ः०७ बजेसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५ लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा ११.१४ गुणा बढी आवेदन हो । यसमा शुक्रबार असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।






