काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रिजको सेयर मूल्य लगानीकर्ताले आईपीओमा हालेको मूल्यभन्दा पनि तल झरेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार प्रतिकित्ता ४३४.८० रुपैयाँ अन्तिम कारोबार भएको घोराही सिमेन्टको सेयरमूल्य आईपीओको भाउ भन्दा तल झरेको हो । लगानीकर्ताले घोराही सिमेन्टलाई आईपीओमा ४३५ रुपैयाँ हालेका थिए । बिहिबार ४३९ रुपैयाँमा खुलेको कम्पनीको सेयर कारोबार
बिहीबार ४.२० रुपैयाँले घटेको छ।






