काठमाडौँ — यो साताका अघिल्ला तीन दिन लगातार घटेको नेप्से बुधबार झिनो अंकले बढे पनि त्यो सुधार बिहीबारसम्म पनि टिकेन । अघिल्ला तीन दिन (आइतबार, सोमबार र मंगलबार) करिब ६८ अंकले घटेको नेप्से बुधबार ५.१६ अंकले बढेको थियो ।
यद्यपि त्यो सुधार बिहीबारसम्म पनि टिक्न पाएन । जसअनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २०.१६ अंकले घटेर १ हजार ८ सय ७४.६० विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.०६ प्रतिशतले कम हो ।





