जगदम्बा स्टिल सहित पाँच कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनमा दिए निवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जगदम्बा स्टिल सहित पाँच कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनमा दिए निवेदन

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा पाँच छुट्टा छुट्टै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका छन् । जगदम्बा स्टिल ,एसवाई प्यानल,माविलुङ इनर्जि लिमिटेड, एपेक्स हस्पिटालिटी र याम्बालिङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन । 

यी पाँच कम्पनीहरुमध्ये जगदम्बा स्टिलले  प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न असोज १७ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयामा २ सय रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

Read More
  • EBL Ad news