काठमाडौं । चिलिमे इन्जिनियरिङ लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सो आइपीओ निष्कासन गर्नको लागि क्रेडिट रेटिङ गराएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले गरेको मूल्याकंनमा चिलिमे इन्जिनियरिङले त्रिपल बी रेटिङ पाएको छ । यो संकेतले वित्तीय दायित्व समयमै पुरा गर्नका लागि कम्पनी सबल रहेको अवस्थालाई जनाउँछ ।
कम्पनीले २ लाख ९७ हजार कित्ता आइपीआ निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।






