बल्ल नेप्सेमा देखियो सुधार, अबको सम्भावना के हुन सक्छ ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बल्ल नेप्सेमा देखियो सुधार, अबको सम्भावना के हुन सक्छ ?

काठमाडौं : ४ दिन लगातार घटेपछि पाँचौं कारोबार दिनमा बुधबार नेप्से बढेको छ । यस दिन नेप्से सूचक ५.१६ विन्दुले बढेर १८९४.७६ अंकमा आएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ समूहमध्ये १० वटा समूह बढेका छन् । 

यसअघि लगातार ४ दिनमा नेप्से सूचक ७८.३५ अंकले घटेको थियो । नीतिगत सुधारका कदम चाल्न थालेपछि नेप्सेले उल्टो बाटो समाउँदा आम लगानीकर्ता समेत आश्चर्य चकित भएका थिए । नीतिगत सुधार हुँदै जानु, ब्याजदर घट्न थाल्नु अनि लाभांशको मुख्य सिजनमै बजारले उल्टो बाटो समातेको हो ।

Read More
  • EBL Ad news