सोनापुर मिनरल्स एन्ड आयलको आइपीओ बाँडफाँट, कर्मचारीले आवेदन नदिएको सेयर पनि सर्वसाधारणलाई थप


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सोनापुर मिनरल्स एन्ड आयलको आइपीओ बाँडफाँट, कर्मचारीले आवेदन नदिएको सेयर पनि सर्वसाधारणलाई थप

काठमाडौं : सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ आज बुधबार (असोज २४ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ । तसर्थ, १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । 

यो आइपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

Read More
  • EBL Ad news