आज असोज १९ गते शुक्रबार, तपाईको आर्थिक राशिफल कस्तो रहेको छ ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
आज  असोज १९ गते शुक्रबार, तपाईको आर्थिक राशिफल कस्तो रहेको छ ?

असोज १९ गते शुक्रबार, आश्विन कृष्णपक्ष सप्तमी तिथि                                       

मेष
आज तपाईंलाई व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुन सक्छ भने आफन्तको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। आम्दानीका नयाँ बाटो पत्ता लाग्न सक्छ । शेयर बजारबाट उचित लाभ मिल्नेछ। 
 
वृष
आज तपाईंको आर्थिक पक्ष सुदृढ रहनुका साथै कामको क्षेत्र देखा परेका समस्याहरू समाधान हुनेछन् । व्यापारबाट फाइदाको योग छ।  शेयर बजारमा लगानी गर्दा फाइदा होला। 

मिथुन
आज तपाईंको पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् ।  महत्वपूर्ण कार्य सिद्धि हुने योग छ । शेयर बजारको कारोबार पनि फाइदाजनक रहने छ। 

कर्कट 
आज तपाईंको काममा ढिलासुस्ती र आर्थिक क्षेत्रमा बिषम परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। अपेक्षा गरेका व्यक्तिहरुबाट सहयोग नमिल्नाले मन खिन्न रहन सक्छ। शेयर बजारबाट पनि हानी हुन सक्छ। 

सिंह 
आज तपाईंको दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ। कर्मसिद्धिको समय छ भने नयाँ आम्दानीको मार्ग मिल्न सक्छ । आम्दानीमा बढोत्तरी हुने समय छ । शेयर बजारबाट लाभ हुनेछ। 

कन्या
आज तपाईंको साझेदारी व्यवसायबाट प्रगति हुन सक्ने समय छ र काममा गरिएका प्रयासहरु सफल हुनेछन् भने आर्थिक क्षेत्र सबल रहनेछ। आज शेयर सम्बन्धि क्षेत्र राम्रो रहला।  

तुला
आज तपाईंलाई कृषि तथा पशुपन्छीको क्षेत्रबाट लाभ मिल्न सक्छ भने शैक्षिक तथा सामाजिक क्षेत्रको मेहनतले प्रतिष्ठा प्राप्त हुन सक्छ। शेयर बजारको कारोबार सामान्य रहला।  

वृश्चिक 
आज तपाईंलाई नयाँ तथा दीर्घकालीन लगानी गर्नको लागि उचित समय छैन भने खर्च बढ्न सक्ने र काममा रोकावट आउन सक्छ। आज शेयरको कारोबार नगर्दा नै उचित होला। 

धनु 
आज तपाईंको आर्थिक क्षेत्रमा गरिएका लगानीहरुको राम्रो प्रतिफल मिल्न सक्छ भने नँया लगानीको लागि पनि उचित समय रहेको छ।  शेयरको कारोबारले लाभ होला। 

मकर
आज तपाईंलाई नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । शेयरबाट फाइदा लिन सकिन्छ। 

कुम्भ
आज तपाईंको सामाजिक, आर्थिक क्षेत्रमा सामान्य समस्या आउन सक्ने र कामको क्षेत्र सामान्य रहन सक्छ।  शेयरबाट सामान्य लाभ मिल्ला।  

मीन
आज तपाईंलाई आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । शेयर कारोबारबाट घाटा हुन सक्छ।

_________Read More_______________

कस्तो कर्जालाई खराब कर्जा भनिन्छ ? खराब कर्जा बढे के हुन्छ ?
 

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु ?

 

युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

  • EBL Ad news