मार्जिन ट्रेडिङमा रनभुल्ल


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मार्जिन ट्रेडिङमा रनभुल्ल

काठमाडौं : दोस्रो बजारमा धितोपत्र (सेयर) खरिदबिक्री गर्दा नगदमै गर्नुपर्छ भन्ने छैन। सेयर किन्न चाहने व्यक्तिले खरिद मूल्यको केही प्रतिशतमात्र तिरेर आफ्नो खातामा सेयर प्राप्त गर्न सक्ने अभ्यास विश्वभर नै छ। बाँकी रकम दलाल व्यवसायी (ब्रोकर)ले नै बिक्रेतालाई भुक्तानी दिन्छन्, त्यसबापत लगानीकर्ताले ब्रोकरलाई ब्याज तिनुपर्छ। यस्तो सुविधा लिएर गरिने सेयर कारोबारलाई मार्जिन ट्रेडिङ भनिन्छ।

ब्रोकरले लगानीकर्तालाई दिने कर्जालाई मार्जिन लेन्डिङ भन्ने गरिएको छ। मार्जिन ट्रेडिङमा चलेको अभ्यासअनुसार सेयर खरिद गर्दा सुरुमा लगानीकर्ताले सेयर किन्न चाहेको रकममध्ये ब्रोकरले तोकेको प्रतिशत मार्जिन खातामा जम्मा गर्नुपर्छ, बाँकी रकम ब्रोकरले ऋणस्वरूप लगानी गरिदिन्छ।

Read More
  • EBL Ad news