सीड इनर्जी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाले आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) र पीपीओ (प्राइभेट प्लेसमेन्ट अफरिङ) मार्फत थप पुँजी जुटाउने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले कम्पनीको अधिकृत पुँजी १ अर्ब ५ करोडबाट बढाएर १ अर्ब १५ करोड पुर्याउने निर्णय गरेको छ । त्यस्तै कम्पनीले २६ करोड ४ लाख पुँजी थप्ने निर्णय गरेको छ । जस मध्ये ११ करोड ५० लाख आईपीओ मार्फत र बाँकि रकम पीपीओ मार्फत जुटाउने निर्णय कम्पनीले गरेको छ । कम्पनीले यस अघि हकप्रद मार्फत संकलन गरेको २० करोड ५२ लाख रकम उर्जा, उत्पादन तथा पर्यटन क्षेत्रमा लगानी गर्ने भएको छ ।





