सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । असोज १६ गते कम्पनीको संचालक समितिले शेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
कम्पनीले २ कित्ता शेयर बराबर १ कित्ता अर्थात् ५० प्रतिशत अनुपातमा ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । जस मध्ये रितपूर्वक आवेदन दिने ४४ हजार ७ सय ९४ जना शेयरधनीहरुलाई ३४ लाख ६९ हजार ६ सय १४ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। यस हिसाबमा कम्पनीको ५ लाख ६३ हजार २ सय ६१ कित्ता हकप्रद बिक्री भएको छैन । यो शेयर अब लिलाममा आउने छ ।





