काठमाडौँ । सानिमा बैंक र फोनपे प्रा.लिले सहकार्य गर्दै योजना बनाएको छ । उक्त कम्पनीले सानिमा सजिलो इ बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको हो ।
सो कम्पनीको योजना अन्तर्गत पहिलो पटक सानिमा सजिलो इ बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुकालागि एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु दुई सय, विजुलीको बिल तिर्दा २५ वा अधिकतम रु २५ र इन्टरनेटको बिल तिर्दा २५ वा अधिकतम रु ५० सम्मको क्यास ब्याक को व्यवस्था गरेको हो । उक्त योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने कम्पनीले जनाएको छ ।








