काठमाडौं : माई खोला हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज बिहीबार (असोज १८ गते) बस्दैछ । सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा यस कम्पनीले १ः१ (१००%) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रहेको छ । सोही पुँजीको १००% राइट सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।






