प्रिमियम मूल्यमा आईपीओ जारी गरेका सबै कम्पनीको शेयरमूल्य निरन्तर घट्दै गएको छ। महँगो मूल्यमा आईपीओ बिक्री गरेको भएपनि लगानीकर्ताको आकर्षण भने यी कम्पनीमा कमै देखिन्छ।
पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेका कम्पनीहरुको शेयरमूल्य दोस्रो बजारमा खुलेको मूल्यभन्दा ७ रुपैयाँदेखि १०५ रुपैयाँसम्म कम रहेको देखिन्छ।
घोराही सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै १०५ रुपैयाँले घटेको देखिएको छ। कम्पनीको शेयर पहिलोपटक नेप्सेमा ५६५ रुपैयाँ ५० पैसामा खुलेको थियो भने बुधबारसम्ममा १०५ रुपैयाँ ५० पैसामा झरेको छ। जुन १०५ रुपैयाँ ५० पैसाले कम हो।






