घटेको मौका छोप्दै म्युचुअल फण्डले भदौमा शेयर उठाए, शेयर उठाउँदा निक्षेप घट्यो, के अब बजार बढ्ला ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घटेको मौका छोप्दै म्युचुअल फण्डले भदौमा शेयर उठाए, शेयर उठाउँदा निक्षेप घट्यो, के अब बजार बढ्ला ?

सुवास निरौला

भदौमा शेयर बजार घटेको मौका छोप्दै म्युचुअल फण्डहरुले टन्नै शेयर उठाएका छन्। उनीहरूले शेयर उठाउँदै गर्दा बैंक मौज्दात समेत घटेको छ। शेयर उठाएकै कारण उनीहरूको बैंक निक्षेप घटेको हो।

सामूहिक लगानी कोषहरूले सार्वजनिक गरेको विवरण अनुसार भदौमा मात्रै कोषहरूको सूचीकृत कम्पनीहरूको शेयरमा हुने लगानी बढेर २६ अर्ब ३४ करोड पुगेको छ। साउनमा उनीहरूको यस्तो लगानी २५ अर्ब ४१ करोड थियो। जुन साउनको तुलनामा ३.६७ प्रतिशत बढी हो। यसैगरी कोषहरूले नन् लिष्टेड कम्पनीमा हुने लगानी भने घटाएका छन्। साउनमा एक अर्ब ६८ करोड रहेको लगानी घटाएर एक अर्ब १५ करोडमा झारेका छन्। जुन ३१.५८ प्रतिशत कम हो।

Read More
  • EBL Ad news