काठमाडौं : सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओमा २ अर्ब ७९ करोड २१ लाख ९ हजार ५८ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज बुधबार (असोज १७ गते) साँझ ५ः०७ बजेसम्ममा ९ लाख ८६ हजार ७५० जनाले १ करोड १७ लाख ५२ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.२० गुणा बढी आवेदन हो ।
यता, तोकिएको पहिलो चरणमा माग अनुसार आवेदन नपरेको भन्दै कम्पनी आइपीओ भर्ने म्याद थपेको हो । यस आइपीओमा असोज २८ गतेसम्म आवेदन दिन सकिनेछ । म्याद थप्ने बित्तिकै यसमा माग भन्दा बढी आवेदन परेको छ ।






