काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन्स लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६ करोड ९३ लाख ६३ हजार १ सय २२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।






