सेयर बजार गम्भीर संकटमा परेको भन्दै हरि ढकालले गरे दमदार भाषण : राष्ट्र बैंक र धितोपत्र बोर्डमाथि यसरी खनिए


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार गम्भीर संकटमा परेको भन्दै हरि ढकालले गरे दमदार भाषण : राष्ट्र बैंक र धितोपत्र बोर्डमाथि यसरी खनिए

काठमाडौं : सेयर बजारका जानकार सांसद हरि ढकालले पुँजी बजार संकटमा परेको भन्दै संसदमा गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले मंगलबार संसद बैठकमा बोल्दै सेयर बजार गम्भीर संकटमा पर्दा पनि सरकार र नियामक निकायहरु तमासा हेरेर बसेको बताए । 

उनले भने–देश आर्थिक मन्दीमा धसिंदैछ । सम्भवतः नेपालको इतिहासमै सीडी रेसियो ८१–८२ को तहमा आएको छ । कर्जा प्रवाह हुन सकेको छैन । बैंकहरुको अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकको गलत नीतिका कारण गम्भीर समस्या आएको हो । समस्याको जड नै बैंकहरु र राष्ट्र बैंक हुन् । 

Read More
  • EBL Ad news