आइतबारदेखि आवेदन खुलाइएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ तेस्रो दिन साँझ ५ बजेसम्म ८८ प्रतिशत भन्दा बढीले सब्सक्राइब्ड भएको छ ।
सिडिएसका अनुसार आज (मङ्गलबार) साँझ ०५:०७ बजेसम्ममा ८५ लाख ६६ हजार ८ सय ४० कित्ताका लागि आवेदन परिसकेको छ । कुल ७ लाख ३२ हजार ९ सय ५३ जनाले उक्त संख्यामा कित्ता आवेदन माग गरेका हुन् । यस हिसाबले हेर्दा प्रति आवेदकले औसत ११.६८ कित्ताका आवेदन माग गरेका छन् ।






