मंगलबार नेप्से परिसूचक १७.५६ अंकले घटेको छ।
यसदिन नेप्से ०.८८ प्रतिशतले घटेर १९५८.७२ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब १९ करोड ९१ लाख १ हजार ३२४ रुपैयाँमा सीमित भएको छ।
यस दिन २८१ वटा धितोपत्रको ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर किनबेच भएको हो।






