काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।
धितोपत्र बोर्डमा कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल २० लाख ८० हजार कित्ता बराबरको २० करोड ८० लाख रुपैयाँको आईपीओ निष्काशनको लागि निवेदन दिएको छ ।






