सानिमा माई हाइड्रो आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।
हाइड्रोले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका निमित्त ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले कार्तिक २३ गतेका लागि वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । साधारणसभा र बोनस प्रयोजनका लागि कम्पनीले असोज २४ गते बुक क्लोज गर्ने पनि जनाइएको छ ।






