नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुँजी बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विविध पक्षबारे सार्वजनिक सूचना प्रकाशन गरेको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेप्सेले शेयर लगानीकर्ताको लागि ५ शिर्षक अन्तर्गत ३० बुँदे जानकारीमुलक सूचना प्रकाशन गरेको हो ।
हेर्नुस् नेप्सेको जानकारी :
१. प्रतिकुल परिस्थिति
सचेत लगानीकर्ताले क्रयशक्तिमा मुद्रास्फीतिले पार्ने प्रभाव बारे बुझेको हुनुपर्छ । उसलाई लगानीमा प्राप्त हुने वास्तविक प्रतिफल दर बारे जानकारी हुनुपर्छ ।
निरन्तर मुद्रास्फीतिको वातावरणले विभिन्न किसिमका लागानीमा पार्ने प्रभावको जानकारी तथा विश्लेषण लगानीकर्ताले गर्नुपर्छ ।
अप्रत्याशित घटनाबाट हुने नोक्सानीबाट बच्नका लागि गरिने लगानी विविधीकरणको महत्वलाई लगानीकर्ताले बुझेको हुनुपर्छ ।





