५.१९ अंकले बढेको बजारमा एनआएसी एशिया बैंकको सर्वाधिक कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
५.१९ अंकले बढेको बजारमा एनआएसी एशिया बैंकको सर्वाधिक कारोबार

सोमबार नेप्से परिसूचक ५.१९ अंकले बढेको छ।

यसदिन नेप्से ०.२६ प्रतिशतले बढेर १९७६.२९ बिन्दुमा बन्द भएको छ।

सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।

गत कारोबार दिन १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँमा सीमित भएकाे छ।

यस दिन २८६ वटा धितोपत्रको ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच भएको हो।

Read More
  • EBL Ad news