काठमाडौं : भारतीय पुँजी बजारमा विदेशी संस्थागत लगानीकर्ताको सेयर खरिद वा बिक्री गर्ने निर्णयले सम्पूर्ण बजार नै प्रभावित हुने गरेको छ । विदेशी संस्थागत लगानीकर्ताले सेयर खरिद बढाउँदा बजार पनि बढ्ने र बिक्री बढाउँदा बजार पनि घट्ने गर्दै आएको छ ।
विगत ६ महिनामा निरन्तर सेयर खरिदपछि सेप्टेम्बर महिनामा भारतीय इक्विटीहरुबाट विदेशी पोर्टफोलियो लगानीकर्ताले १ खर्ब ४७ अर्ब ६७ करोड भारतीय रुपैयाँ (भारु) लगानी झिकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जसको प्रत्यक्ष असर भारतीय सेयर बजारमा देखिएको छ । विदेशी लगानीकर्ता ६ महिना निरन्तर खुद खरिदकर्ता बन्दा भारतीय सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको थियो ।






