काठमाडौँ । पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले प्रतिवेदन बुझाएको छ । तीन महिना बढी समय लगाएर तयार गरिएको प्रतिवेदनमा समितिले निगमको व्यवस्थापकीय, मानव संसाधनदेखि व्यावसायिकतामा व्यापक कमीकमजोरी औँल्याउँदै सुधारका लागि दर्जनौँ सुझाव दिएको हो ।






