काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा ५७ करोड ६३ लाख ९० हजार ४ सय ६२ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज पहिलो दिन (असोज १४ गते) साँझसम्ममा २ लाख ५ हजार ९ सय ५० जनाले २४ लाख २६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले आज (असोज १४ गते) देखि १०० अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २ सय ३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरिसकेको छ । स्थानीयवासीलाई २ सय २५ रुपैयाँमा १५ लाख ३७ हजार ५ सय २५ कित्ता छुट्याइएकोमा १ लाख ३४ हजार ५ सय २० कित्ता मात्रै बिक्री भएको थियो ।






