सेयर बजार १९७१ अंकमा झर्‍यो, सबै सूचकमा गिरावट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार १९७१ अंकमा झर्‍यो, सबै सूचकमा गिरावट

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १९७१ अंकमा झरेको छ । नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३३.२० अंक घटेको हो । दिनभर कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।

जम्मा १० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने २ को स्थिर रहृयो । हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै ३.३ प्रतिशत घट्यो । बैंकिङ १३, विकास बैंक ५३, फाइनान्स ३८, होटल तथा पर्यटन ८४, जलविद्युत् ७२, जीवन बीमा २११, उत्पादन तथा प्रशोधन ६९, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा १६७, अन्य २२ र व्यापार उपसमूह ५४ अंक घटे ।

Read More
  • EBL Ad news