गोरखा जिल्लामा पाँच मेगावाटको रिचेत खोला हाइड्रोपावर निर्माण सम्पन्न गरेको रिचेत हाइड्रो कम्पनीले आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले भदौ २९ गते धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि आवेदन दिएको थियो । २०७९ को माघ २८ गते भएको कम्पनीको पहिलो साधारणसभामा नै कम्पनीले आइपिओ निष्कासनको विशेष प्रस्ताव पारित गरेको थियो । कम्पनीले ११ लाख ७६ हजार ४ सय ५० कित्ता आइपिओ निष्कासन गर्न अनुमति मागेको हो ।






