मानिसको सफलताका सम्बन्धमा धेरै चर्चा गरिने विषयमध्ये आत्मविश्वास पनि एक हो । आत्मविश्वास बढाउन तालीम तथा वर्कशप नै सञ्चालन हुने गर्छन् । त्यतिमात्र होइन, यसका लागि विभिन्न किताबसमेत लेखिएका छन् । मानिसको दैनिक जीवन, करीअर र सामाजिक घुलमिलका लागि समेत आत्मविश्वासको आवश्यकता पर्छ ।
मानिसका जुनसुकै सोच, लक्ष्य र योजना पूरा गर्न आत्मविश्वासलाई पहिलो कडी मानिन्छ । तर मानिसको बाल्यकालीन पृष्ठभूमि, पारिवारिक वातावरण, विद्यालयको सिकाइ, संगतलगायत कारण मानिसमा आत्मविश्वासको मात्रा निर्धारण हुन्छ । यसलाई बढाउने उपाय यस्ता छन् :
अरूलाई विश्वास गर्नुहोस् :
तपाईंको वरिपरि कस्ता मानिस छन्, विचार गर्नुहोस् । तपाईंले विश्वास गर्ने मानिस कति छन् ? त्यमध्ये कति जनालाई पूर्ण विश्वास गर्न सक्नुहुन्छ ? सबैलाई समान विश्वास गर्न सक्नुहुन्छ ? किन सबैलाई समान विश्वास गर्न सकिँदैन, किन विश्वास गर्नुहुन्छ र किन गर्नुहुन्न ? त्यसबारे अध्ययन गर्नुहोस् । विश्वास गर्न सकिने आधार तय गर्नुहोस् । यसले तपाईंको बुझाइको दायरा बढाइदिन्छ, जस कारण अरूलाई गरिने विश्वासमा तपाईं धेरै हदसम्म निर्धक्क हुन सक्नुहुन्छ ।
कारण खोज्नुहोस् :
विश्वास व्यवहारले जित्ने गर्छ । तपाईंको अरूप्रतिको विश्वासबारे अध्ययन गर्नुहोस् । विश्वास गर्नु र नगर्नुको कारण पत्ता लगाउनुहोस् । अरूको कुन व्यवहारले तपाईंको विश्वास हटेको छ ? कतै तपाईंको व्यवहार पनि त्यस्तै त छैन ? छ भने तुरुन्त छोड्नुहोस् । अरू र आफ्नोबारे अध्ययन र तुलना गर्नुहोस् ।
बोलेको कुरा पूरा गर्नुहोस् :
आफैलाई विश्वास गर्नुहोस् :
नेतृत्व क्षमताको विकास गर्नुहोस् :
धैर्य र विनम्रताको पालना गर्नुहोस् :
हीनताबोधबाट बच्नुहोस् :








