मुक्तिनाथ कृषि कम्पनीले पायो आईपीओ निष्काशन अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ कृषि कम्पनीले पायो आईपीओ निष्काशन अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज १० गते आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ  ।

हाल कम्पनीको चुक्ता पुँजी ५६ करोड रहेको छ  । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्ने छ  । यो मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो। 

Read More
  • EBL Ad news