बोनस सेयर : ट्रेडर नरुचाउने, सप्लाई थपिएर भाउ घट्ने देखिएपछि लगानीकर्ताको आकर्षण पनि घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बोनस सेयर : ट्रेडर नरुचाउने, सप्लाई थपिएर भाउ घट्ने देखिएपछि लगानीकर्ताको आकर्षण पनि घट्यो

कम्पनीहरुले लाभांश दिने सिजन शुरु भएसँगै बोनस सेयर र नगद लाभांशमध्ये कुन ठीक भन्ने आम लगानीकर्ताको चासोको विषय हो ।

नगद लाभांशको कुरा स्पष्ट छ । कुनै कम्पनीले वर्षभरि आफूले गरेको नाफाबाट वितरणयोग्य हिस्सा आफ्ना सेयरधनीमा नगदै गरिने बाँडफाँड नै नगद लाभांश हो । यसमा कम्पनीले करकट्टी पनि गरेर लाभांश बाँड्ने हुँदा यसलाई खुद आम्दानी मान्न सकिन्छ । नेपालमा बुक क्लोज अघिको मूल्यको १० प्रतिशत भन्दा कम नगद लाभांश बाँड्ने कम्पनीको सेयरमूल्यमा मूल्य समायोजन पनि नहुने व्यवस्था छ । जस्तै बुक क्लोज अघि कुनै कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य ४०० छ र उक्त कम्पनीले त्यसको १० प्रतिशत अर्थात ४० रुपैयाँ भन्दा कम लाभांश दिएको खण्डमा सेयर मूल्यमा समायोजन हुँदैन । तर उक्त कम्पनीले ४० प्रतिशत भन्दा बढी नगद लाभांश बाँडेमा भने सेयर मूल्यमा समायोजन हुने व्यवस्था छ ।

Read More
  • EBL Ad news