बुक क्लोज सुरु भएको दिन वा बुक क्लोजको दिन बोनस र हकप्रद शेयर प्रयोजनार्थ कम्पनीको बजार मूल्य समायोजन हुने गर्दछ। केही समय अघि नगद लाभासंको हकमा पनि बजार मूल्य समायोजन हुने नियम आए पनि त्यो विशेष अवस्थामा मात्र लागु हुन्छ। नगद लाभांसको हकमा बजार मूल्यको १० प्रतिशत भन्दा धेरै नगद लाभांस आएमा मात्र बुक क्लोजको दिन नगद लाभांसले बजार मूल्य समायोजन गर्ने गर्दछ।
कसरी हुन्छ बोनसको मूल्य समायोजन :
उदाहरण : सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस शेयर प्रयोजनार्थ जुन १६ गते बुक क्लोज गरेको थियो। यसको मतलव जुन १३ (जुन १५ र १४ मा शेयर कारोवार नभएकाले ) गते सम्म कायम शेयर धनीले उक्त बोनस शेयर प्राप्त गरेका छन् ।
जुन १६ गते कम्पनीको बजार मूल्य समायोजन हुने गर्छ।
शुत्र :
जुन १३ गतेको बजार मूल्य : १२६८
गणना :
= १२६८ / १+ ० .८६
=१२६८/१.८६
=६८१.७२
(नोट : ८६ प्रतिशत बोनस शेयरलाई १०० ले भाग गरेर शुत्रमा ०.८६ प्रयोग गरिएको )
कसरी हुन्छ हकप्रदको मूल्य समायोजन ?








