काठमाडौं : मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ आज बुधबार (असोज १० गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६२ हजार ११७ जना आवदकले १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको २ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये २ जनालाई १ कित्ताका दरले थप गरिएको छ ।
तसर्थ, ६२ हजार ११५ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १३ लाख ८१ हजार ५७५ जनाले आवेदन दिएकामा १२ लाख ८२ हजार ८१९ जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ । कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो ।






