काठमाडौँ — बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । परिसूचक नेप्से २००४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक १८.६० अंक घटेको हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । हिजो २ अर्ब ९ करोडको कारोबार भएकोमा आज १ अर्ब ८१ करोडमा खुम्चियो ।
कुल ३४ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ३ को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ५३, फाइनान्स २५, होटल तथा पर्यटन ४८, जलविद्युत् ३३, जीवन बीमा ८८, उत्पादन तथा प्रशोधन २६, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा १००, अन्य २० र व्यापार उपसमूह १४ अंक घटे ।





